काठमाडौँ, २४ चैत । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको उनी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए ।
“उहाँको अनुहारको छाला राम्रो भइरहेको छ, बायाँ हातको पट्टी खोलिएको छ । कलमी छालाले राम्रो काम गरिरहेको छ,” न्यौपानेले भने ।
पछिल्लो समय भण्डारीलाई ज्वरोसमेत नआएको र दिनदिनै फिजियोथेरापी गरिएको न्यौपानेले बताए । भण्डारीलाई दैनिक तीनरचार पटक हिँडाउने गरिएको छ ।
आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।