Logo

कांग्रेसका मन्त्रीहरू आफैँले राजीनामा नदिने



काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले मन्त्रीहरू आफैँले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको भन्दै पार्टीका मन्त्रीहरू आफैँले राजीनामा दिइरहनु नपर्ने निष्कर्ष निकालेको हो ।

प्रचण्ड सरकारमा कांग्रेसका आठ जना मन्त्री छन् । आजै एमाले-माओवादी-रास्वपा लगायतको नयाँ सत्ता समीकरण बनिसकेको छ भने नयाँ मन्त्रीहरूले शपथ लिने तयारीसमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्