Logo

कांग्रेसका महामन्त्रीद्वयद्वारा विशेष महाधिवेशन आह्वान



काठमाडौं, २३ पुष । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन आह्वान गरेका छन्।

महामन्त्रीद्वयले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेका हुन्। विशेष महाधिवेशनको नारा ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि’ तय गरिएको छ।

पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न आवश्यक ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराइसकेकाले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन र जनभावनाअनुरूप नीति निर्माण गर्न विशेष निर्णय लिनु अपरिहार्य भएको उनीहरूको तर्क छ।

बहुमत महाधिवेशन प्रतिनिधिहरूले उठाएको विशेष महाधिवेशनको मागप्रति आफूहरूको पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गर्दै महामन्त्रीद्वयले पुस २८ भित्र विशेष महाधिवेशन सम्पन्न गर्नका लागि हस्ताक्षरकर्ता प्रतिनिधिहरूले गरेको पहल वैधानिक अधिकारको प्रयोग भएको जिकिर गरेका छन्।

महामन्त्रीद्वयका अनुसार पुस २७ र २८ का लागि तय गरिएको विशेष महाधिवेशन कानुनी र राजनीतिक दुवै दृष्टिले अपरिहार्य र बाध्यकारी भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्