Logo

कांग्रेसको अवस्था देशभर राम्रो छ: शर्मा



ओखलढुंगा, २४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पालिका चुनावमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन्  । लिखु गाउँपालिकामा शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यही वैशाख ३० को चुनावमा कांग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गर्नुभएको हो ।

देशभरको जनलहर कांग्रेसकाे पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले कांग्रेसका उम्मेदवार सबै विजयी हुने आधार प्रस्तुत गरेका छन् ।

देशभरका सात सय ५३ पालिकामध्ये ६ सय ३४ मा कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाएको उनले बताउनुभयो । बाँकी एकसय १९ ठाउँ गठबन्धनका अन्य दललाई दिएर देशभर कांग्रेसले उनीहरूको साथ लिएको शर्माको भनाइ थियो । तीनवटै तहका सरकार कांग्रेस नेतृत्वमा बन्ने शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्