Logo

कांग्रेसको केन्द्रीय समितिको बैठक जारी



काठमाडौँ, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी रहेको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो ।

झण्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ । सोमवार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । बैठकको प्रत्यक्ष प्रसारण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्