Logo

कांग्रेसको घोषणापत्र लेखन समितिको संयोजकमा विश्वप्रकाश



काठमाडौँ, २२ भदौ । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणपत्र निर्माण समितिको संयोजक तोकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई घोषणपत्र लेखन समितिको संयोजक नियुक्त गरेका हुन् ।

यसअघि स्थानीय तह निर्वाचनमा अर्का महामन्त्री गगन थापाको संयोजकत्वमा घोषणापत्र लेखन समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्