Logo

कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्नुपर्छ: पौडेल



कास्की, ११ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा कांग्रेसको नेतृत्वमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा धेरै काम भए पनि ती विषयलाई जनतामाझ पु¥याउन नसकिएको बताएका हुन् ।

गण्डकी प्रदेशको समग्र विकासको खाकासहित कांग्रेस गण्डकी प्रदेशले अघि सारेको अवधारणापत्र अन्य प्रदेशका लागि पनि अनुकरणीय हुने उनले बताए । दलहरूबीचको गठबन्धनलाई योजना र कार्यक्रमसँग जोड्नुपर्नेमा नेता पौडेलले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्