Logo

कांग्रेसको पदाधिकारी बैठक जारी



काठमाडौँ, १२ असोज । नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ ।

बैठक अहिले बालुवाटारमा जारी रहेको कांग्रेस उपसभापति धनराज गुरुङले जानकारी दिए । सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठक विहान ८ बजे सुरु भएको छ ।

बैठकमा समानुपातिक बन्दसूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम तथा गठबन्धनभित्र भइरहेको छलफलको विषय प्राथामिकतामा राखिएको छ । समानुपातिकको बन्दसूचीमा शेखर कोइराला समूहका १३ जनालाई मात्रै राखिएको भन्दै यो समूह असन्तुष्ट बनेको छ ।

प्रतिक्रिया दिनुहोस्