काठमाडौँ, १९ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत भएका छन् ।
मंगलबार पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले लेखकलाई प्रमुख सचेतक नियुत गरेको संसदीय दलको कार्यालयले जनाएको छ ।
लेखकलाई नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।
“नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य माननीय रमेश लेखकज्यूलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन गर्नुभएको छ,” विज्ञप्तिमा उल्लेख छ ।







