Logo

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो, गणना गरिँदै



काठमाडौँ, ६ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ ।

निर्धारित समयभित्रै मतदान सकिएको निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।

उनका अनुसार सबै मत खसिसकेको छ भने अब मुचुल्का तयार पारेर गणना सुरु हुँदैछ । “हामीले अब १०-१५ मिनेटमै गणना सुरु गर्नेछौँ,” उनले भने ।

कांग्रेस दलको नेताका लागि शेरबहादुर देउवा र गगन थापा प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्