काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय संसदीय समिति (बोर्ड) गठन गरिएको छ ।
आइतबार स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरिएलगत्तै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो । समितिमा १३ पदाधिकारीबाहेक रामचन्द्र पौडेललाई मात्र राखिएको छ ।
स्थानीय तह निर्वाचनमा महानगरपालिकाका प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने अधिकारप्राप्त संसदीय बोर्ड झन्डै अधिकांश टिकट वितरण गरिसकेपछि गठन भएको हो ।