काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई दिएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
‘योगदान, दक्षता, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर गरेर मन्त्री छान्ने उनले बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट ८ जना मन्त्री बन्दै छन् ।