Logo

कांग्रेसमा असन्तुष्ट पक्षले थाल्यो आन्दोलन



काठमाडौँ, १० असोज । नेपाली कांग्रेसका संस्थापनइतर समूहले थप आन्दोलनको घोषणा गरेको छ ।

सभापति शेरबहादुर देउवाले समानुपातिक टिकट वितरणमा एकलौटी गरेको भन्दै आन्दोलनमा उत्रेका हुन् ।

सभापति शेरबहादुर देउवा पक्षविरूद्ध डा.शेखर कोइराला र गगन थापा निकट नेताहरूले आन्दोलनको घोषणा गरेका हुन् ।

सोमबार ठमेलस्थित एक होटलमा बसेको बैठकले असोज १२ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको छ ।

उनीहरूले पार्टीमा आफ्नो समूहलाई ४० प्रतिशत हिस्सा नदिए विद्रोह गर्ने चेतावनी दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्