काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसको प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नामको टुंगो पार्टी सभापति शेरबहादुर देउवाले लगाउने भएका छन् ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार सूचीको अन्तिम टुंगो सभापति देउवाले लगाउने भएका हुन् ।
“अन्तिम टुंगो लगाउन धेरै तलमाथि गर्ने ठाउँ छैन । पहिले दिएको प्राथमिकताको आधारमा हुने छ,” डा.महतले भने, “छलफलमा आएको मतको आधारमा सभापतिले पदाधिकारी र समितिका सदस्यसँग सल्लाह गरेर त्यसको आधारमा अन्तिम सूची पठाउनुहुनेछ ।”







