Logo

कांग्रेसलाई अब गल्ती गर्ने छुट छैन्: कोइराला



काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई अब गल्ती गर्ने छुट नरहेको बताएका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमजोरी कांग्रेसबाट हुन नहुने बताए ।

उनले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीररूपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको जिकिर गरेका थिए ।

नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताए । लोकतन्त्रविना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीररूपमा लिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्