काठमाडौँ, १० असार । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले नेपाली कांग्रेस पुन: जीवन दिनपर्ने आवश्यकता रहेको बताएका छन् ।
आइतबार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुन: जीवन दिनुपर्ने खाँचो रहेको बताए ।
नेता कोइरालाले कांग्रेसलाई बचाउनको लागि सुवेक्षुक संस्थाहरूले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ। अब यसलाई कसरी हामीले पुन: जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ। पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई की उ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएँछ फेरि हरियो भएर जान्छ । त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ। यो नेचुरल प्रक्रिया हो । आउँदो भविष्यमा नेपाली कांग्रेस कसरी जाने भन्ने बारेमा सोच्नुपर्छ ।’







