Logo

कांग्रेसलाई रविको प्रश्नः मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ ?



 

काठमाडौँ, ६ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले सहकारीको रकम अपलचन गरेको कांग्रेसको आरोपप्रति संसदको बैठकमा जवाफ दिएका छन् । आज पहिलोपटक उनले संसदमा यस विषयमा बोलेका हुन् ।

लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको र त्यो अस्वीकार गरेपछि सहकारीको मुद्दा चर्काएको आरोप लगाए ।

उनले भने, ‘म गृहमन्त्री बन्न नैतिकरुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ मिल्ने ? अफर गर्नेहरुले कान रातो पार्नु पर्दैन । मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ ? त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिउँला ।’

 

प्रतिक्रिया दिनुहोस्