काठमाडौँ, २६ चैत । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आउँदो निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।
शनिबार नेविसंघ इलाम-काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा गरेको कार्यक्रममा कोइरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परीक्षण गर्न पनि एक्लै प्रतिस्पर्धामा जानुपर्नेमा जोड दिए ।
सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल नभए नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच सहकार्य हुन सक्ने खतरा रहेको पार्टी सभापतिको चिन्ता स्वाभाविक रहेको उनले बताए ।
उनले मुलुकको निर्वाचन खर्च महँगो हुँदै गएको पनि बताए । यसअघि आफ्नो चुनावी खर्च नै ६ करोड रुपैयाँ भएको भन्दै खर्च घट्नुपर्ने मान्यता रहेको धारणा राखेका थिए ।