Logo

कांग्रेसले कसैलाई धोका दिँदैन: देउवा



विराटनगर, २१ वैशाख । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले कसैलाई धोका नदिने स्पष्ट पारेको छन् ।

विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘कांग्रेसको नेतृत्वमा गठबन्धन सञ्चालन भएको छ। गठबन्धनलाई धोका दिन हुँदैन । कांग्रेस पार्टीले कसैलाई धोका दिँदैन है । बरु कांग्रेस पार्टी धोका खाएको होला, धोका दिँदैन । त्यसकारण कांग्रेसको टाउकोमा धोकेबाज भन्ने ‘ब्लेम’ नलागोस् ।’

गठबन्धनप्रति चित्त नबुझे पनि इमान्दार बनेर कसैलाई धोका दिन नहुने उनको भनाइ छ । अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रिय आवश्यकताअनुसार अनुसार बनेको बताए ।

उनले भने, ‘तपाईहरुलाई थाहा होला । म चाहँदैनथेँ, सबैले ओलीलाई हटाउनु पर्यो भनेपछि म लागेको हुँ ‘मलाई प्रधानमन्त्री बन्ने रहरै थिएन । सबै साथीहरुले सहयोग गरेपछि म भएको हो । आज कुनै डर त्रास छैन । त्यसबेला ओलीको खिलापमा बोल्न र पत्रकारहरू लेख्न समेत डराउँथे ।’

प्रतिक्रिया दिनुहोस्