काठमाडौँ, २२ पुस । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले कसैलाई पनि प्रधानमन्त्री अफर नगरेको बताएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको हो भन्ने प्रश्नमा उपसभापति खड्काले त्यस्तो नभएको बताए ।
“कांग्रेसले कसैलाई पनि प्रधानमन्त्री अफर गरेको छैन, साथीहरू प्रष्ट हुनुस्,” खड्काले भने, “भ्रममा पार्ने कोशिस सबैतिरबाट भइरहन्छ सतर्कतापूर्वक परिस्थितिको आँकलन गर्दै गरौ ।”
उनले कांग्रेसले म्याण्डेट अनुसार आफैले प्रधानमन्त्री दाबी गरेको कारण प्रचण्डले गठबन्धन छोडेको भन्दै अहिले अरु कसैलाई प्रधानमन्त्री अफर गर्ने पक्षमा कांग्रेस नरहेको स्पष्ट पारेका छन् ।







