तनहुँ, २९ चैत । तनहुँमा निर्णायक मानिएको गोविन्दराज जोशी समूहले कांग्रेसले आफूहरुलाई झुक्याइरहेको भन्दै आफ्ना कार्यकर्तालाई स्वतन्त्र भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ ।
सो समूहका तर्फबाट गोविन्दराज जोशीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “नेपाली कांग्रेसका प्रतिनिधिहरुसँग भएको भनिएको वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ ।”
उनले जारी गरेको विज्ञप्तिमा यसअघि कांग्रेसले गरेको निर्णयलाई पनि जालझेलपूर्ण र आफूहरुलाई अपमान गर्ने खालको दस्तावेज रहेको ठहर गरेको वक्तव्यमा उल्लेख गरेका छन् ।
आफू निकटका कार्यकर्तालाई उनले वक्तव्यमार्फत् कलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो अधिकार प्रयोग गर्न सक्ने बताएका छन् ।







