Logo

कांग्रेसले दिएको विश्वासको मतलाई कदर गर्नुपर्छ: श्रेष्ठ



पाल्पा, १२ फागुन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई कदर गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रिय सहमतिमै राष्ट्रपतिको टुङ्गो लगाउने प्रयत्न भइरहेको र आज बेलुकासम्म टुङ्गिने जानकारी दिए ।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवासबाट बाहिरिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु बालुवाटार पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्