Logo

कांग्रेसले निर्वाचन तालमेलबारे जनतालाई बुझाउनुपर्छ: काफ्ले



काठमाडौँ, १७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले निर्वाचन तालमेललाई रणनीतिको रूपमा जनतालाई बुझाउन अवाश्यक भएको बताएका छन् ।

बिहीबार पार्टी मुख्य कार्यालय सानेपामा भएको निर्वाचन परिचालन सिमितिको बैठकमा बोल्दै उनले निर्वाचन तालमेल नीतिको रूपमा जनताले बुझे त्यसको नकारात्मक असरपर्ने बताए ।

“कांग्रेसको नीति निर्वाचनमा तालमेल रहेछ भन्ने जनताले बुझे भने समस्या पर्छ । यसलाई कांग्रेस सफल र बलियो बनाउने रणनीति हो भनेर हामीले जनतालाई बुझाउनु पर्छ,” काफ्लेले बैठकमा भने ।

समिति सदस्यसमेत रहेका काफ्लेले चुनावी घोषणापत्र आम जनताले बुझ्ने गरि फरक फरक भाषामा छाप्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्