काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा सहभागी नहुने तर विश्वासको मत दिने निर्णय गरेको हो ।
लामो रस्साकस्सीपछि कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेस बिहानैदेखि छलफलमा थियो ।







