काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिए ।
उनले २०७९ को चुनावभन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपचुनाव हुने तीन क्षेत्रका नेताहरूलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको बताए ।
उनले २०७९ को चुनाव बेलाको हकमा भने उपचुनावमा नेताहरूले खेलेको भूमिकालाई हेरेर पछि निर्णय लिने बताएका हुन् ।