Logo

कांग्रेसले भन्याे: बागी उम्मेदवारी फिर्ता लिए कारबाही फुकुवा



काठमाडौँ, २७ असोज । नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीवार विज्ञप्ति निकालेर असोज ३१ गतेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

उम्मेदवारी फिर्ता लिए पार्टीले गरेको कारबाही फुकुवा हुने उल्लेख छ । बुधवारमात्रै कांग्रेसले उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेको थियो ।

पार्टीबाट निष्कासित गरेको एक दिन नबित्दै कांग्रेसले आज उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्