काठमाडौं, २९ असार। नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्री चयन गर्ने भएको छ । सानेपास्थित पार्टी केन्द्रीयमा शनिबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकबाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका निम्ति योगदान र योग्यतामा आधारित मापदण्ड तय गरिएको हो ।
पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुले एकै पटक शपथ लिने प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।
समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर पार्टीबाट सरकारमा मन्त्री पठाइने उहाले बताउनुभयो ।
उहाले भन्नुभयो, ‘समावेशिता, प्रादेशिक सन्तुलन, योग्यता र क्षमता भएका व्यक्तिहरुलाई सरकारमा पठाउँछौं । देशलाई गति दिने र सरकारको स्थिरता सुनिश्चित गर्नेगरी अन्य दललाई पनि जोडेर अघि बढ्छौं ।’
महतले प्रधानमन्त्रीले शपथ लिएपछि कसले कुन मन्त्रालय पाउने र को-को मन्त्री बन्ने टुंगो लाग्ने भन्दै अहिले आन्तरिक गृहकार्य भइरहेको बताउनुभयो । ।