Logo

कांग्रेसले मात्रै मुलुकको विकास गर्न सक्छ: बस्नेत



सिन्धुपाल्चाक, १० असोज । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले मुलुकको विकासको काम कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् ।

सोमबार सिन्धुपाल्चाकको वलेफी-८ जुरे, ड्यामसाईडस्थित वनसाँघु पुस्तकालय व्यवस्थापन एवम् भवन निर्माण शिलान्यास गर्दै नेता बस्नेतले मुलुकमा प्राकृतिक विपत्तिपछि जनतामाझ जाने पार्टी कांग्रेस नै भएको र विकासको काम कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरेका हुन् ।

नेता बस्नेतले सिन्धुपाल्चोकमा भएको पटकपटकको विपत्तिमा पनि कांग्रेस नै अघि बढेर जनताका साथमा काम गरेको जिकिर गरेका छन् ।

यसअघि कांग्रेस खोज्नुपर्ने सिन्धुपाल्चोकमा अहिले कांग्रेस नै एक नम्बरको पार्टी भएको उनको दाबी छ । नेता बस्नेतले यसपटकको निर्वाचनमा पनि कांग्रेसले सानदार विजयी हासिल गर्ने भन्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्