Logo

कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा अन्य दलसँग छलफल गरेर उम्मेदवार उठाउने



काठमाडौँ, १९ माघ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा अन्य दलसँग छलफल गरेर उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले अन्य दलसँग छलफल गरेर उम्मेदवार उठाउने प्रमुख सचेतक रमेश लेखकले जनाकारी दिए ।

यस्तै बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने पनि निर्णय गरेको छ । राष्ट्रियसभा उपाध्यक्षका लागि यही माघ २३ गते निर्वाचन हुँदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ०७८ फागुन २० मा सकिएपछि रिक्त पदमा एक वर्षपछि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्