Logo

सम्मानपूर्वक व्यवहार नगरे मिल्नै पर्छ भन्ने बाध्यता छैन: पुन



सिन्धुपाल्चोक, ११ असार । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन ‘अनन्त’ ले नेपाली कांग्रेसले सम्मानपूर्वक व्यवहार नगरे मिल्नै पर्छ भन्ने बाध्यता नभएको बताएका छन् ।  तर मूल नेतृत्व इमानदार रहेसम्म गठबन्धनले निरन्तरता पाउने उनको भनाई छ ।

माओवादी केन्द्र सिन्धुपाल्चोकले शनिबार चौतारामा आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेता पुनले कांग्रेसका केही नेता गठबन्धनप्रति इमानदार नभए पनि मूल नेतृत्व इमानदार भएकाले आगामी संघ तथा प्रदेशको निर्वाचनमा कांग्रेससँग गठबन्धन हुनसक्ने तर्फ संकेत गरेका छन् ।

‘सकेसम्म गठबन्धनलाई संघ र प्रदेशको चुनावसम्म अघि बढाउनुपर्ने पक्षमा हामी छौं’, उनले भने, ‘तर सम्मानपूर्वक व्यवहार नगरे कांग्रेससँग मिल्नैपर्छ भन्ने जरुरी छैन ।’

प्रतिक्रिया दिनुहोस्