Logo

कांग्रेस इमानदार भए उपनिर्वाचनपछि मधेशमा मुख्यमन्त्री परिवर्तन हुन्छ: राउत



जनकपुरधाम, २ वैशाख । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नेपाली कांग्रेस इमानदार भए उपनिर्वाचनपछि मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत अध्यक्ष राउतले ०७९ चैत १५ गतेको माओवादी केन्द्र, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमानदार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्ने बताएका हुन् ।

‘यहाँ प्रधानमन्त्री आफैं त कति दिन टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैं बहिर्गमन हुँदैछ । यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन । जसपाका आफ्नै मुख्यमन्त्री र संघीय मन्त्रीहरूको भविष्यको ठेगान छैन, अरू बारेमा के भ्रम छर्नु । चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमान्दार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको,’ उनले भनेका छन् ।

जनमत पार्टी अहिले केन्द्रीय गठबन्धनबाट पनि टाढिएको छ । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्