Logo

कांग्रेस उम्मेदवार भट्टराईलाई आयाेगले साेध्याे २४ घण्टे स्पष्टीकरण



तनहुँ, १० वैशाख । निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

उम्मेदवार भट्टराईले प्रचारप्रसार निषेध गरिएको अवधिमा मोवाइलबाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना पाएको भन्दै आयोगको तनहुँमा रहेको निर्वाचन अनुगमन समितिले स्पष्टीकरण सोधेको हो ।

उम्मेदवार भट्टराईले ७ गते राति १२ बजेपछि निर्वाचन आचारसंहिता २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी भ्वाइस म्यासेजमार्फत मत मागेको आयोगले जनाएको छ ।

उम्मेदवार भट्टराईलाई आफैँ वा आफ्ना प्रतिनिधिमार्फत २४ घण्टाभित्र प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण पेस गर्न निदर्शन दिएको अनुगमन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्