काठमाडौँ, २६ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खगराज अधिकारीले आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलहरू एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुईतिहाइ बहुमत ल्याउने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेता अधिकारीले कांग्रेस एक्लै लड्न नसक्ने अवस्थामा पुगेको भन्दै यदि दलहरू एक्लाएक्लै लडे एमालेले दुईतिहाइ बहुमत ल्याउने बताएका हुन् ।
उनले अहिलेको पाँचदलीय गठबन्धनलाई ‘वित्तीय गठबन्धन’को संज्ञा पनि दिए ।
वर्तमान सरकारका कारण परराष्ट्र नीतिमा गम्भीर चुनौती खडा भएको, सार्कलाई ‘रिभाइभ’ गर्न नसकेकोलगायत आरोप लगाउँदै उनले सबै विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिए ।







