सुनसरी, ११ भदौ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस कसैको अगाडि नझुक्ने पार्टी भएको बताएका छन् ।
नेपाली कांग्रेस सुनसरीले शुक्रबारदेखि सुरु गरेको ‘जनतासँग कांग्रेस अभियान’ कार्यक्रममा उनले कांग्रेस कुनै पनि तानाशाही, राजा, र कम्युनिष्टको अगाडि कहिले नझुकेकाले आउने दिनमा समेत कसैसँग नझुक्ने बताए ।
उनले आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा सुनसरीको सबै क्षेत्रमा कांग्रेसका उमेदवारलाई विजयी गराउने गरी पार्टीको विचार र सिद्धान्तसहित गाउँगाउँमा जान नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।







