काठमाडौँ, १९ माघ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति बैठक बिहीबार बस्दैछ ।
संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ९ बजे बैठक बस्ने भएको हो ।
प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए । २०७८ फागुन २१ गतेदेखि रिक्त राष्ट्रियसभा उपाध्यक्ष पदका लागि माघ २३ गते निर्वाचन हुँदैछ ।







