Logo

कांग्रेस कार्यसम्पादन समितिको बैठक फेरि सर्‍यो



काठमाडौँ, १० वैशाख । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे बस्दै छ । बिहान ११ बजेलाई बोलाइएको बैठक शिर्ष नेताहरूको अनौपचारिक बैठक बसिरहेकाले ३ बजेका लागि सारिएको हो ।

अहिले बालुवाटारमा शीर्ष नेताहरूको अनौपचारिक बैठक बसिरहेको छ । यसअघि हिजो दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्न सकेको थिएन । शीर्ष नेताहरूको अनौपचारिक बैठक राति अबेरसम्म चलेकाले आज ११ बजेलाई सारिएको थियो ।

आजको बैठकले महानगरको टिकट कसलाई दिने टुङ्गो लगाउने छ । वैशाख ११ र १२ गते (आइतबार र सोमबार) उमेदवार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्