Logo

कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु



काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी, गठबन्धन दलहरुबीच सिट बाँडफाँटलगायत विषयमा केन्द्रित रहेको बताइएको छ ।

गठबन्धन दलहरूको सिट बाँडफाँट कार्यदल गठन भइसकेको सन्दर्भमा सिट बाँडफाँटमा पार्टीको आधिकारिक धारणालगायत विषयमा कांग्रेसले छलफललाई तिव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्