Logo

कांग्रेस कार्यसम्पादन समिति बैठकको समय सर्‍यो



काठमाडौँ, २२ पुस । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक ३ घण्टापछि सारिएको छ ।

दिउँसो १ बजेका लागि बोलाएको बैठक चार बजेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आसन्न राष्ट्रिय सभा चुनावका उम्मेदवार चयनका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सत्ता गठबन्धनबीच कांग्रेसले १० जना उम्मेदवार उठाउने सहमति बनेको छ ।

प्रतिक्रिया दिनुहोस्