Logo

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि, चुनावी तालमेल मुख्य एजेन्डा



काठमाडौं, २२ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (मंगलबार) पनि बस्दैछ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा निर्धारित गरिएको छ।

बैठकमा आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट, सिट बाँडफाँट तथा अन्य दलसँगको चुनावी तालमेलबारे विस्तृत छलफल हुने भएको छ। कांग्रेसले नेकपा एमाले, माओवादी केन्द्रलगायत दलहरूसँग शीर्ष तहमा सहकार्यसम्बन्धी कुराकानी गरिरहेको छ।

राष्ट्रिय सभामा प्रतिनिधित्व सुनिश्चित गर्न तथा विजयी सम्भावना बढाउने उद्देश्यले कांग्रेसले अन्य शक्तिसँग सहकार्यको पहल गरेको बताइन्छ। सोही तयारीअनुरूप सोमबार साँझ कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गुन्डु पुगेर भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्