Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, गगन पनि सहभागी हुने



काठमाडौं, ९ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पार्टीको नियमित महाधिवेशनको कार्यतालिका, निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा सभापति गगन थापा पनि सहभागी हुनेछन् । पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति थापा आजको बैठकमा सहभागी हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्