Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक: आजदेखि पदाधिकारीले धारणा राख्ने



काठमाडौँ, ३२ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

आजको बैठकमा पदाधिकारीले आफ्नो धारणा राख्नेछन् । पार्टी केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम सकिएपछि पदाधिकारीले धारणा राख्न लागेका हुन् ।

केन्द्रीय सदस्यहरूले पार्टीमा गुटका भेला तथा बैठक भएका, सरकारको पफर्मेन्स सन्तोषजनक नरहेको भन्दै नेतृत्त्वको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्