Logo

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने



काठमाडौँ, २० पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २८ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यसअघि पुस २२ गते निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठकको मिति परिर्वतन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्