काठमाडौँ २९ असार । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।
गएको सोमबारदेखि जारी बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
आजको बैठकमा गएको स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृसंघ–संगठनको विधानसहित विविध विषयमा छलफल गर्ने कार्यतालिका छ ।







