Logo

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिँदै



काठमाडौँ, १० साउन । कांग्रेस केन्द्रीय समितिको बैठकमा उठेका प्रश्नको आज सभापति शेरबहादुर देउवाले जवाफ दिने भएका छन् ।

गएको साउन दुई गतेदेखि शुरु भएको बैठकमा अब सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ । पार्टीको आन्तरिक र राष्ट्रिय महत्वका मुद्दामा अरु नेताहरुले आ-आफ्ना धारणा राखिसकेका छन् ।

आज पार्टी सभापति देउवाले सम्बोधन गरेपछि बैठक समापन गर्ने तयारी छ । सोमबार बसेको बैठक आज दिउँसो चार बजेसम्मका लागि सारिएको थियो ।

महामन्त्री गगन थापाले प्रस्तुत गरेको विधान कार्यान्वयन र एक वर्षे कार्ययोजना तथा अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको विभिन्न १० एजेण्डालाई समेटेर बैठकका निर्णय सार्वजनिक गर्ने तयारी छ ।

कांग्रेसले यो बैठक सामाजिक सञ्जालबाट प्रत्यक्ष सार्वजनिक गरेपछि निक्कै चर्चा भएको छ । तर एक हप्ता लामो बैठकमा एजेण्डा भन्दा पनि संस्थापन र इतर पक्षबीच आरोप-प्रत्यारोपले मुख्य एजेण्डा नै ओझेल परेका छन् ।

प्रतिक्रिया दिनुहोस्