काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई भोट हाल्न आग्रह गरेका छन् ।
मौन अवधि शुरु हुनुअघि अपिल जारी गर्दै देउवाले भनेका छन्, ‘नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ। सन्तुलित विदेश नीतिका कारण अन्तरराष्ट्रिय समुदायमाझ भरोसा र विश्वास बढेको छ ।’
नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक-पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम छर्लङ्ग भएको उल्लेख गरेका छन् ।
पाँचदलीय गठबन्धन बनेको र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।