Logo

कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता



भारत, १८ साउन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

भारतको नयाँ दिल्ली पुगेका नेता निधिले भारतीय जनता पार्टीको कार्यालयमा नयाँ दिल्लीमा आज चौथाइवालेसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको नेता निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए ।

भेटमा पूर्वउपप्रधानमन्त्री निधिले राम जन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा श्रीराम जन्मभूमि तीर्थक्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धीमूलक भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्