Logo

कांग्रेस नेता निधि समानुपातिकमा सिफारिस



जनकपुरधाम, १८ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको नाम धनुषाबाट सिफारिस भएको छ ।

नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले जानकारी दिए ।

निधि यसअघि २०७४ सालको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्