काठमाडौँ, ४ फागुन । ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
बुद्धनगरस्थित निवासमा बुधबार राति १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । कीर्तिपुर अस्पतालमा आईसीयूमा दुबै जनाको उपचार भइरहेको छ । अस्पतालले थप उपचारका लागि दुवै जनालाई भारत लान सिफारिस गरेको छ ।
नेता भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमा ८७ वर्षीय हरिकला भण्डारीको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । विस्फोटपछि भएको आगलागीमा परेकी आमालाई बचाउने क्रममा नेता भण्डारीको शरीरमा पनि आगो लागेको थियो ।






