Logo

कांग्रेस नेता राहुल गान्धी पक्राउ



फाइल तस्बिर

दिल्ली, २० साउन । दिल्ली प्रहरीले शुक्रबार कांग्रेस नेता राहुल गान्धी लगायतलाई पक्राउ गरेको छ ।

महँगी लगायतको विरोधमा प्रदर्शन गरिरहेका ५० सांसदसहित कांग्रेसका २०० भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

कांग्रेसले शुक्रबार महँगी, बेरोजगारी र कैयौँ खाद्यवस्तुलाई जीएसटी ९वस्तु तथा सेवा कर० को दायरामा ल्याउने विरोध गरेको थियो ।

प्रदर्शन अखिल भारतीय कांग्रेस समिति (एआईसीसी) को कार्यालय नजिकै शुरु भएको थियो ।

यसैबीच कांग्रेसको पञ्जाब र हरियाणा इकाईले पनि बढ्दो महँगी र बेरोजगारीविरुद्ध चण्डीगढमा प्रदर्शन गरेको छ । दुवै राज्यका कांग्रेस इकाईका कार्यकर्ताले सबै जिल्ला कार्यालयमा महँगीविरुद्ध प्रदर्शन समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्