Logo

कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै छैन: अध्यक्ष ओली



काठमाडौँ, १३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दावी गरेका छन् ।

अध्यक्ष ओलीले पार्टीको तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आठ दलबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको जिकीर समेत गरे । सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीले बताए ।

उनले नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्